काठमाडौं। एभरेस्ट बैंक लिमिटेडले टोखा नगरपालिका–६ मा १२८औँ शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङले संयुक्तरूपमा गरेका हुन् ।
यो शाखासँगै वाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ ।
हाल एभरेस्ट बैंकले १२८ शाखा कार्यालय, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालयहरू, १६३ एटीएममार्फत सेवा दिँदै आएको छ ।
प्रतिक्रिया