Logo

कर्पोरेट

सानिमा रिलायन्स लाइफले कमायो ११ करोड ८ लाख रुपियाँ नाफा



काठमाडौं। पहिलो त्रैमासमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीले ११ करोड ८ लाख रुपियाँ नाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको नाफा जम्मा चार करोड ८५ लाख रुपियाँ मात्रै रहेको थियो ।

त्यस्तै, कम्पनीले एक अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ भने हाल कम्पनीको प्रतिशेयर आम्दानी १० रुपियाँ ६० पैसा रहेको छ ।

चार अर्ब १८ करोड रुपियाँ चुक्ता पूँजी रहेको कम्पनीको जीवन बीमा कोषमा ११ अर्ब ८२ करोड रुपियाँ रहेको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : १५ बजे