Logo

कर्पोरेट

प्रभु बैंकको १ लाख ५२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


२३ आश्विन २०८०, मंगलबार  

69
Shares

काठमाडौ।  प्रभु बैंकले संस्थापक सेयरधनी विनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले सेयर भाउ भने तोकेको छैन । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असोज २३ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १२ : १४ बजे