Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकद्धारा क्यास तथा चेक डिपोजिटर मेसिन सञ्चालन



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेसिन सञ्चालनमा ल्याएको छ । अब आफ्नो अनुकूल समयमा क्यास तथा चेक डिपोजिटर मेसिनमार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद जम्मा गर्न सकिनेछ ।

बैंकले पाँच क्यास डिपोजिटर र पाँच चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौं उपत्यकाभित्र कमलादी र न्युरोड तथा उपत्यकाबाहिर इटहरी, नारायणगढ र बुटवल शाखामा क्यास डिपोजिटर मेसिन सञ्चालनमा ल्याइएको जनाएको छ ।

यस्तै, काठमाडौं उपत्यकाभित्र कमलादी, न्युरोड र कुलेश्वर तथा उपत्यकाबाहिर पोखरा र वीरगन्ज शाखामा चेक डिपोजिटर मेसिन सञ्चालनमा ल्याएको छ ।

कमलादी शाखामा आयोजित एक कार्यक्रमबीच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त मेसिनको शुभारम्भ गरेका थिए ।

सो अवसरमा अध्यक्ष ढकालले प्रविधिको विकास र आमउपझोक्ताको आकांक्षाअनुरूप वित्तीय क्षेत्र विश्वभर नै द्रुत गतिमा परिवर्तन भइरहेको बताए ।

ग्लोबल आइएमई बैंकले ३४८ शाखा कार्यालय, ३६९ एटीएम, ३२२ शाखारहित बैंकिङ सेवा, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाइएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ५ : ११ बजे