Logo

Breaking News 1

कोशीका मुख्यमन्त्री विरुद्धको रिट ‘हेर्न नमिल्ने’ मा


१५ भाद्र २०८०, शुक्रबार  

69
Shares

काठमाडाै‌ ।कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मत विरुद्ध परेको रिट हेर्न नमिल्ने सूचीमा परेको छ । असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भएको हो ।

मुख्यमन्त्री थापाले संविधान विपरीत विश्वासको मत लिएको भन्दै पूर्व मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले सर्वोेच्चमा रिट दर्ता गराएका थिए । विश्वासको मत लिँदा प्रदेशसभाको अध्यक्षता गरेका अध्यक्ष मण्डलका सदस्यलेसमेत मत दिएको भन्दै सभाध्यक्ष गर्नेलाई मतदानको अधिकार नरहेको दाबी रिट निवेदनमा गरिएको थियो ।

उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीध ईश्वरप्रसाद खतिवडाले कारणदेखाउ आदेश जारी गरेका थिए । आज पनि खतिवडासहितकै इजलासमा पेसी तोकिएपछि उक्त रिट निवेदन ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो । भदौ ७ गते दिएको अन्तरिम आदेशपछि इजलासबाट भदौ १५ गतेका लागि पेसी तोकिएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १२ : ५३ बजे