Logo

कर्पोरेट

एनआईसी एसियाको स्वामित्वमा रहेको सीआईटीको सेयर लिलामी भर्ने आज अन्तिम दिन



काठमाडौ । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआइटी) को २४ हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन हो । बुधबार कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले यसमा न्यूनतम १ हजार ४५ रुपैयाँ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ११ : ५८ बजे