Logo

Breaking News 1

कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर प्रणालीमा पुनरावलोकन गर्ने बताएका हुन् । राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाएर विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

राजश्वको दरभन्दा दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आवद्ध गर्ने राष्ट्रपति पौडेलले घोषणा गरेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ४ : ४० बजे