काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक जारी छ ।
बैठक च्यासलस्थित पार्टी मुख्यालयमा शुरू भएको हो । बैठकमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।
बैठकले चुनावी तयारी र रणनीति बनाउने बुझिएको छ ।
यस्तै, बैठकले केन्द्रीय कमिटीको बैठक आव्हानका लागि मिति पनि तोक्ने बताइएको छ ।
प्रतिक्रिया