काठमाडौं । जाजरकोट, कपिलवस्तु र सुनसरीमा तीन जना मृत अवस्थामा फेला परेका छन् ।
जाजरकोटको छेडागाड नगरपालिका-१० काफ्ला बस्ने ३२ वर्षीय तिलक पुन सोही ठाउँस्थित लामेखोलाको बीच भागमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ विजयनगर बस्ने कृष्ण औतार यादवको छोरा ८ वर्षीय युवराज यादव सोही ठाउँस्थित सोईया नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरीको इनरुवा नगरपालिका-९ तिनठडिया थानमा सोही नगरपालिका–९ यादव टोल बस्ने ४२ वर्षीया अनिता देवी यादव बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
घटनाका सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया