Logo

Breaking News 1

होटलमा एक युवकसँग बसेकी सदीक्षा मृत फेला



काठमाडौं । बुटवलको एक होटलमा एक युवती मृत फेला परेकी छिन् ।

पूर्वी पाल्पाली होटलमा बुटवल-२ की २१ वर्षीया सदीक्षा गुरुङ मृत फेला परेकी हुन् । उनी कोठामा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

प्रहरीले सदीक्षासँगै बसेका युवकलाई पक्राउ गरेको छ । युवकको पहिचान खुलाइएको छैन ।

होटलको कोठा नम्बर १०५ मा उनीहरु बसेका थिए । सदीक्षा आफैँ आएर रुम बुक गरेको पाइएको प्रहरीले जनाएको छ ।

घटनाबारेमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : २२ बजे