Logo

Breaking News 1

बुढीगंगा नगरपालिकाको मेयर र उमेयरमा एमालेका बानियाँ र खड्का विजयी



काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा एमालेका रामबहादुर बानियाँ विजयी भए भने उपमेयरमा पनि एमालेकै मायाकुमारी खड्का विजयी भइन् । बानियाँ र खड्काले निकटस्तम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन् ।

बानिँयाले ४७७७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका रंगबहादुर खातीले ३७७४ मत पाए । यस्तै उपमेयरमा एमालेकै खड्काले ४७२७ मत पाउँदा कांग्रेसकी रिता शाहीले ३७५५ मत पाइन् ।

दश वटा वडा रहेको नगरपालिकामा सात वडामा एमालेले जित हात पारेको छ भने ३ मा कांग्रेस विजयी भएको छ ।

गत बैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएको भन्दै बुढीगंगामा दोहोर्याएर निर्वाचन गरिएको थियो ।

प्रकाशित मिति : २६ असार २०७९, आइतबार  १२ : १४ बजे