Logo

Breaking News 1

बुढीगंगाको मतगणना: मेयर र उपमेयरमा एमालेका उम्मेदवारको अग्रता कायमै



काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको मतगणनामा नेकपा एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँले आफ्नो अग्रता कायमै राखेका छन् । ३६४८ मत गणना हुँदा बानियाँले २१९६ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रंगबहादुर खातीले १२३९ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्काले अग्रता बनाइरहेकी छिन् । उनले २१७२ मत पाउँदा उनकी प्रतिद्वन्द्वी कांग्रेसकी रीता शाहीले १२६२ मतका साथ उनलाई पछ्याईरहेकी छिन् ।

वडानम्बर १, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भइसकेका छन् भने वडा नम्बर २ मा एमालेकै उम्मेदवारले अग्रता बनाइरहेका छन् ।

प्रकाशित मिति : २५ असार २०७९, शनिबार  १० : ५२ बजे