Logo

Breaking News 1

राष्ट्रपति भण्डारीद्वारा तीन देशका लागि राजदूत नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन देशका लागि राजदूत नियुक्त गरेकी छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले ओमनको राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाको राजदूतमा नवराज सुवेदी र श्रीलंकाको राजदूतमा वासुदेव मिश्रलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले संविधानको धारा २८२ को उपधारा १ बमोजिम उनीहरुलाई सरकारको सिफारिसमा राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ३ : २४ बजे