काठमाडौं । दुई दिन देखी स्थगित माओवादी केन्द्रीय समितिको बैठक आज अपरान्ह बस्ने भएको छ ।
आजको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिने कार्यतालिका रहेको छ ।
गत पुसमा सम्पन्न महाधिवेसनवाट १५ र आवाश्यक्ता अनुसार पदाधिकारी चयन गर्ने बिद्यानको निर्देशन अनुसार सम्भवतः आज अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारीको नाम पनि प्रस्ताव गर्ने सक्ने एक केन्द्रीय सदस्यले बताए ।
त्यसका लागि दुई दिन देखी गृहकार्य गरेका अध्यक्ष प्रचण्डले तेस्रो पूर्ण बैठकबाट नै पदाधिकारी टुंगाउने योजना अनुसार आन्तरिक गृहकार्य बढाएका छन ।
प्रतिक्रिया