Logo

Breaking News 1

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षणका लागि प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निजगढ प्रस्थान



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निगगढ अन्तर्राष्ट्रिय बिमानस्थल निरीक्षणका लागि बारा प्रस्थान गरेका छन ।

प्रधानमन्त्री कार्यालयका अनुसार निजगढ बिमानस्थलमा भईरहेको प्रगतिसहित जानकारी लिने उदेश्यले सो क्षेत्र प्रस्थान गरेका हुन ।

प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शिर्ष नेताहरु नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले आज सो क्षेत्रका निरिक्षण गरेर फर्कने प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतले गत बुधवार विमानस्थलसम्बन्धि मुद्दाको फैसला गर्दै निर्माण गर्ने जिम्मा सरकारलाई दिएको थियो ।

प्रकाशित मिति : १८ असार २०७९, शनिबार  १० : ०१ बजे