Logo

मुख्य समाचार

ललितपुरमा पानीपुरी र चटपटे बेच्न प्रतिबन्ध



काठमाडौं । ललितपुर महानगरपालिकाले ठेलामा पानीपुरी र चटपटे बेच्न प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समय विभिन्न स्थानका पानीमा हैजाको जिवाणु फेला परेपछि ठेलामा पानीपुरी चटपटे बेच्न प्रतिबन्ध लगाइएको हो ।

ठेलाका पसल बाहेक अन्यमा भने प्रतिबन्ध नलगाइएको बताइएको छ । अर्को सूचना जारी नभएसम्मका लागि ठेलामा पानीपुरी, चटपटे बेच्न नपाइने महानगरले जनाएको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १ : ०० बजे