Logo

अर्थ

सुनको मूल्य १०० रुपैयाँले वृद्धि



काठमाडौ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुन प्रतितोलामा १०० रुपैयाँले वृद्धि भएको हो ।

शुक्रबार र शनिबार प्रतितोला ९७ हजार २०० रुपैँयामा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुनको भाउ पनि ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आइतबार चाँदी प्रतितोला एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  १२ : ०५ बजे