Logo

अर्थ

आइतबार घट्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?



काठमाडौं । नेपाली बजारमा शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेको छ ।

शुक्रबार प्रतितोला ९७ हजार आठ सय रुपैयाँ रहेको आज घटेर प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला एक हजार दुई सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  १२ : ३८ बजे