Logo

Breaking News 1

एसपीपीबारे जवाफ दिन समितिले प्रधानमन्त्रीलाई पनि बोलायो, सम्बन्धित कागजपत्र उपलब्ध गराउन निर्देशन



काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एसपीपी सम्बन्धि कागजपत्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबार समितिले बोलाएको बैठकमा कागजपत्र उपलब्ध गराउन भनेको हो । यस्तै, समितिले अमेरिका भ्रमण र एसपीपीका विषयमा उठेका पश्नहरुको जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार समितिको बैठकमा बोलाएको छ ।

आजको बैठकमा परराष्ट्रमन्त्री डा.नारायण खड्का, प्रधान सेनापति प्रभुराम शर्मा लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  २ : ५६ बजे