Logo

Breaking News 1

वामदेव गौतम भन्छन्-सदनलाई साँचो कुरा बताउनुपर्छ एसपीपी केपी ओलीको पालामा अगाडि बढेको हो



काठमाडौं । राष्ट्रियसभा सांसद वामदेव गौतमले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) केपी ओलीको सरकारको पालामा अगाडि बढेको ठोकुवा गरेका छन् ।

शुक्रबारको राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले एसपीपी प्रकरण आएपछि आफूले अध्ययन गर्दा ओलीको पालामा नै अगाडि बढेको पाइएको बताए ।

तत्कालीन काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री भएका बेलामा एसपीपी सुरु भएको प्रसंग आएकाले आफुले त्यसबारे अध्ययन गर्दा ओली प्रधानमन्त्री भएको समयमा नै अघि बढेको पाएको उनले बताएका हुन् ।

‘म माथि पनि आरोप लाग्नसक्छ भनेर मैले खोजी नीति गर्दा अस्ति मात्रै एउटा पत्र आएको छ र त्यो पत्रले स्पस्ट पारिदिएको छ कि यसको सुरुवात जसले गरेको भएपनि यसलाई अगाडि बढाउने काममा नेकपा एमालेका अध्यक्ष त्यसबेला प्रधानमन्त्री भएको अध्यक्षज्यू सहभागी हुनुहुन्छ, सदनलाई साँचो कुरा बताउनुपर्दछ, गौतमले भने ।’

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १२ : ५४ बजे