काठमाडौं । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ ।
एमालेले वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ ।
पुनः मतगणनाका लागि निवेदन दिइएको जानकारी दिइएको छ ।
दुवै वडाको नतिजामा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।
प्रतिक्रिया