काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वडामा कांग्रेसले क्लिन स्वीप गर्न सफल भएको हो । वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बिमलकुमार होडा २ हजार ८६७ मत ल्याएर निर्वाचित भए।
उनले नेकपा एमालेका कृष्णमणी भट्टराईलाई पराजित गरेका हुन्। भट्टराईले २ हजार ८१६ मत प्राप्त गरे।
यो वडामा सदस्य, महिला सदस्य र दलित महिला सदस्य पनि नेपाली कांग्रेस नै विजयी भएको छ।
प्रतिक्रिया