काठमाडौं । दोलखाको विगु गाउँपालिका प्रमुखमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् ।
गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट माओवादीका सञ्जीव वली विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार अच्छुतम केसीलाई पराजित गर्दै वली विजयी भएका हुन् ।
वलीले ४ हजार १ सय मत पाए भने केसीले ३ हजार ९ सय ७३ मत पाए । यस्तै, उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार देवीका थामी विजयी भएकी छिन् ।
गठबन्धन अन्तर्गत नेपाली कांग्रेसकी उम्मेदवार आङ्निमा शेर्पालाई पराजित गर्दै थामी उपमेयरमा विजयी भएकी हुन् ।
थामीले ४ हजार १३ मत पाइन् भने कांग्रेसकी शेर्पाले ३ हजार ८ सय २६ मत पाइन् ।
प्रतिक्रिया