Logo

निर्वाचन विशेष

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला


३० बैशाख २०७९, शुक्रबार  

0
Shares

धनगढी । बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन् ।

प्रहरीका अनुसार जिल्लाको जयपृथ्वी नगरपालिका–९१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल९८ पिजली भन्ने ठाउँमा महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद वस्तु भेटिएको हो ।

जयपृथ्वीस्थित मतदान केन्द्रमा प्रेसर कुकर बमजस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टाजस्तो शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । दुवै ठाउँमा सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार  ८ : १४ बजे