Logo

समाचार

भक्तपुरमा छतबाट खसेर एकजनाको मृत्यु



काठमाडौं । भक्तपुर नगरपालिका-८ लिवालीमा वस्ने वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथाको आफ्नै घरको पाँचौँ तल्लाबाट खसेर मृत्यु भएको छ ।

गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  ११ : ३३ बजे