Logo

Breaking News 1

स्याङ्जामा एमाले र कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान



काठमाडौं । स्याङ्जामा शनिबार राति नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।

चापाकोटमा चुनाव प्रचार प्रसारका क्रममा दुई समूहबीच झडप भएको प्रहरीले जानकारी दिएको छ । सुरुमा कांग्रेसका कार्यकर्ताले एमालेमाथि आक्रमण गरेको बताइएको छ ।

एमालेले चापाकोट नगरपालिका वडा नं ६ र ७ मा घरदैलो कार्यक्रम गरी फर्किने क्रममा सुन्तलीटार बजारमा आईपुग्दा कांग्रेस कार्यकर्ताले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

खकुरी प्रहारबाट एमाले कार्यकता चापाकोट– १० का २७ वर्षीय नारायण हिस्की मगर घाइते भएका छन् । उनलाई उपचारका लागि पोखरा पठाइएको छ।

खुकुरी प्रहार गर्ने कांग्रेस कार्यकर्ता फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : ०९ बजे