Logo

Breaking News 1

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने गठबन्धनको तयारी



काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले गठबन्धनको निर्णयविरुद्व बागी उम्मेदवारी दिएका आफ्ना पार्टीका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।

बिहीबार साँझ बालुवाटारमा बसेको गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले उम्मेदवारी शुक्रबार साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।

आज ५ बजेसम्म उम्मेदवारी फिर्ता नभए कारबाही गर्ने तयारी गठबन्धनको रहेको बुझिएको छ । गठबन्धनभित्रै एक अर्काबीच उम्मेदवारी दिएकालाई उम्मेदवारी फिर्ता नगरे सम्बन्धित पार्टीले कारबाही गर्ने निर्णय भएको बताइएको छ ।

विभिन्न स्थानीय तहमा गठबन्धनको उम्मेदवारको विरुद्वमा गठबन्धनमै आवद्व दलका नेताहरुले बागी उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगले आज साँझ पाँच बजेसम्म उम्मेदवारहरुलाई आफ्नो नाम फिर्ता लिन समय दिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ४० बजे