Logo

मुख्य समाचार

धादिङमा बसले कारलाई ठक्कर दिँदा पाँच जनाको मृत्यु



काठमाडौं । धादिङमा बसले कारलाई ठक्कर दिँदा कारमा सवार सबै पाँचजनाको मृत्यु भएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत थाक्रे गाउँपालिकाको जुंगेखोलामा बसले कारलाई ठक्कर दिँदा चार भारतीयसहित पाँचजनाको मृत्यु भएको हो ।

काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ आउँदै गरेको ०१–०२६–च २९६८ कारलाई ठक्कर दिएको थियो।

मृत्यु हुनेमा कारका चालक तनहुँको खैरेनीका अन्दाजी ३६ वर्षीय दिलबहादुर बस्नेत, भारतको उत्तरप्रदेशका ४० वर्षीय बिमलचन्द्र अग्रवाल, ३५ वर्षीय साधना अग्रवाल, ४० वर्षीया सन्ध्या अग्रवाल, ५५ वर्षीय राकेश अग्रवाल रहेका छन् ।

दुर्घटनामा बसमा सवार धादिङ नीलकण्ठ नगरपालिका ११ का २४ वर्षीय राम परियार घाइते भएका छन् । उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७९, सोमबार  ६ : १७ बजे