काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ ।
जसपाले आज सार्वजनिक गरेको घोषणा पत्रमा हरेक नागरिकलाई फोन र इन्टरनेटको सुविधा दिइने उल्लेख गरिएको छ ।
यस्तै, घोषणा पत्रमा हरेक बिहान र बेलुका एक एक पटक सवै वडा कार्यालयबाट नगरपालिकाको कार्यालय आउन जान निशुल्क नगर यातायात सञ्चालन गर्ने जनाइएको छ ।
घोषणा पत्रमा पानीको महसुल २०० रुपैयाँसम्म मिनाहा गर्ने, आधुनिक शौचालय नभएको घरलाई शौचालय बनाउन १० हजार रुपैयाँ अनुदान दिने पनि उल्लेख गरिएको छ ।
पूर्णपाठ–
प्रतिक्रिया