Logo

मुख्य समाचार

‘केही मानिसहरूको सन्कीपनले देशको नीति भाँडियो’: योगेश भट्टराई



काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले केही मानिसहरूको सन्कीपनले देशका नीतिहरू भाँडिएको आरोप लगाएका छन् ।

सोमबार काठमाडौंमा चैत्र २७ गतेबाट सुरु भएको स्वास्थ्य वैज्ञानिकहरूको आठौं सम्मेलनमा सचिव भट्टराईले देशमा विदेशी मुद्राहरूको सिञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए ।

‘केही मानिसहरुको सन्कीपनले हाम्रा नीतिहरु भड्किएका छन्, केही मानिसहरूको अग्र्यल्याँइले हाम्रा नीतिहरु गलत ठाउँमा गएका छन्,’ उनले भने , ‘आज हामीसँग विदेशी मुद्राहरू नहुनुमा ज्यादा भन्दा ज्यादा निर्यात गरिरहेका छौं ।’

एमाले सचिव भट्टराईले सरकारले अहिलेको अवस्थाम विदेशी मुद्रा आयात गर्ने भन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको आरोप लगाए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ३ : ५१ बजे