काठमाडौं । वर्तमान आईजीपी शैलेन्द्र खनालले आजबाट अवकाश पाउने भएपछि सरकारले आज सशस्त्र प्रहरीमा नयाँ आईजीपी नियुक्त गर्दैछ ।
सरकारले वर्तमान एआईजी पुष्पराम केसी र रामशरण पौडेलमध्ये आज एक जनालाई आईजीपी नियुक्त गर्नेछ । यी दुर्व एआईजी शैलेन्द्र खनालका ब्याची हुन् ।
आज नियुक्त हुने नयाँ आइजीपी पनि बैशाख १९ गतेसम्मका लागि मात्रै हुनेछन् । त्यसपछि ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकासमा जानेछन्।
२०४९ वैशाख १९ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर)बाट नेपाल प्रहरीमा सेवा शुरू गरेका दुवै जनाले आगामी वैशाख १८ मा अनिवार्य अवकाश पाउँदैछन्।
स्थानीय तहको निर्वाचनअघि नै सशस्त्र प्रहरीमा पुनस् आईजीपी फेरिनेछ।
प्रतिक्रिया