Logo

समाचार

आज चैते दशैं पर्व मनाईँदै



काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दशैं। देवीको पूजा र उपासना गर्दै मनाइँदै छ।

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ ।

पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर यो समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली हुनुका साथै दसैँको भोजन र हिँडडुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ ।

चैते दसैं असोजमा पर्ने वडादसैं जस्तो धुमधामका साथ मनाउने गरिएको छैन । चैतमा अष्टमीको दिनलाई दसैं भनेर हिन्दुधर्मालम्बीहरुले रमाइलो गर्छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७८, शनिबार  ९ : १९ बजे