काठमाडौं । बैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन कडा साथ आचारसंहिता लागू गरिने निर्वाचन आयोगले जनाएको छ । यस अवधिमा निर्वाचन प्रक्रियालाई तत्काल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै पनि विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालका प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने तथा समाजिक सञ्जालमा गलत, भ्रामक सूचना प्रवाह गर्न/गराउन वा झुटा साईट, एकाउन्ट सञ्चालन गर्न वा गराउन नहुनुका अतिरिक्त कसैको चरित्र हत्या गर्ने गरी कुनै पनि प्रकारको प्रचार सामग्री प्रकाशन गर्न नमिल्ने आचारसंहितामा उल्लेख गरिएको छ ।
२६ चैत्र २०७८, शनिबार
0
Shares
प्रतिक्रिया