Logo

Breaking News 1

नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरे विजयी



काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार उठेका घिमिरेसहितको प्यानल नै विजयी भएको हो ।

घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई पराजित गरेका हुन् ।

यस्तै, महासचिवमा गठबन्धन उम्मेदवार अञ्जिता खनाल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा भरतबहादुर राउत विजयी भएका छन् ।

बारको यही चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानबाट मतदानभएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि सात हजार ४२९ मत खसेको थियो ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : १० बजे