काठमाडौं । सरकारले मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको नयाँ मर्यादाक्रम स्वीकृत गरेका हुन् ।
नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री शाहपछि अर्थमन्त्री स्वर्णिम वाग्ले दोस्रो स्थानमा छन् । कानुनमन्त्री सोविता गौतम तेस्रो र परराष्ट्रमन्त्री शिशिर खनाल चौथो वरियतामा रहेका छन् । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ र गृहमन्त्री सुधन गुरुङ छैटौँ स्थानमा छन् ।
यसैगरी, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन आठौँ र सामाजिक सुरक्षामन्त्री सीता वादी नवौँ वरियतामा छन् । सामान्य प्रशासनमन्त्री प्रतिभा रावल १०औँ स्थानमा रहेकी छन् ।
स्वास्थ्यमन्त्री निशा मेहता ११औँ, शिक्षामन्त्री सस्मित पोखरेल १२औँ र पर्यटनमन्त्री खड्कराज पौडेल १३औँ वरियतामा छन् ।
त्यस्तै, सञ्चारमन्त्री विक्रम तिम्लसिना १४औँ, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी १५औँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह १६औँ र श्रम तथा रोजगारमन्त्री रामजी यादव १७औँ वरियतामा रहेका छन् ।
यसअघि कायम रहेको मर्यादाक्रममा परिवर्तन गर्दै सरकारले नयाँ सूची निर्धारण गरेको हो ।








प्रतिक्रिया