काठमाडौं । आईसीएयूआरको विद्युतीय एसयूभी सुपर भी २३ ले विश्वप्रसिद्ध ‘रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६’ जित्न सफल भएको छ । कम्पनीका अनुसार यस उपलब्धिले गाडीको नवीन डिजाइन तथा भविष्यको मोबिलिटीसम्बन्धी अवधारणालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाएको छ ।
जर्मनीमा प्रदान गरिने रेड डट डिजाइन अवार्ड सन् १९५५ देखि निरन्तर प्रदान हुँदै आएको प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान हो । उत्कृष्ट डिजाइन, सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने यो अवार्डलाई विश्वकै महत्वपूर्ण डिजाइन पुरस्कारमध्ये एक मानिन्छ ।
कम्पनीका अनुसार सुपर भी २३ ले क्लासिक डिजाइन शैली, उपयोगी भित्री संरचना र बहुआयामिक प्रयोग अनुभवका आधारमा उक्त सम्मान प्राप्त गरेको हो । पूर्ण विद्युतीय प्लेटफर्ममा आधारित यस एसयूभीमा ४३ डिग्री एप्रोच एङ्गल, ४१ डिग्री डिपार्चर एङ्गल तथा २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले यसको अफ–रोड क्षमता थप सशक्त बनाएको कम्पनीको दाबी छ ।
सुपर भी २३ को झण्डै १ः१ चौडाइ–उचाइ अनुपात, बाकस आकारको आकर्षक डिजाइन र स्पष्ट बाह्य रेखाले यसलाई बजारमा फरक पहिचान दिलाएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विश्वभर बाकस आकारका एसयूभीप्रति आकर्षण बढिरहेका बेला सुपर भी २३ ले आफ्नो मौलिक डिजाइनका कारण उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ ।








प्रतिक्रिया