Logo

अर्थ

माण्डु हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र नगद लाभांश वितरण गर्ने



काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको २२५औँ बैठकले आर्थिक वर्ष २०८१÷८२ सम्मको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।

कम्पनीले प्रवद्र्धन गरेको ३५ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजनाबाट प्राप्त आम्दानी तथा सञ्चित नाफाका आधारमा लाभांश प्रस्ताव गरिएको जनाएको छ । निर्णयअनुसार हाल कायम चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत बराबर १३ करोड ६३ लाख ६३ हजार ७०० रुपैयाँ मूल्य बराबरको बोनस सेयर वितरण गरिनेछ ।

त्यसैगरी, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.५२६३ प्रतिशत बराबर ७१ लाख ७७ हजार ३७ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार उक्त लाभांश प्रस्ताव विद्युत् नियमन आयोग तथा आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिनेछ । माण्डु हाइड्रोपावरले सोमबार बसेको सञ्चालक समिति बैठकमार्फत लाभांश वितरणको निर्णय गरेको जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई गराएको हो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार  १२ : २४ बजे