Logo

अर्थ

तीन लाख नाघ्यो सुनको भाउ, चाँदी पनि महँगियो



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य उल्लेख्य रूपमा बढ्दै तीन लाख रुपैयाँ नाघेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले वृद्धि भई तीन लाख २ हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला दुई लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार, चाँदी प्रतितोला १५५ रुपैयाँले वृद्धि भई पाँच हजार २२० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला पाँच हजार ६५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार  ११ : २६ बजे