काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर बिक्री सुरु गरेको हो ।
कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको ३५ प्रतिशत बराबर ४९ लाख कित्ता सेयरमध्ये १४ लाख कित्ता स्थानीयका लागि छुट्याइएको छ। यसमध्ये अति प्रभावित क्षेत्रका बासिन्दालाई ९ लाख १० हजार कित्ता र अन्य प्रभावित क्षेत्रका लागि ४ लाख ९० हजार कित्ता छुट्याइएको छ ।
त्यसैगरी सर्वसाधारणतर्फको सेयरमध्ये १० प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको छ। यसमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आईपीओको बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदन स्थानीयका लागि चैत २४ सम्म ९आवश्यक परे वैशाख ९ सम्म० र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चैत २४ सम्म खुला रहनेछ।










प्रतिक्रिया