Logo

Breaking News 1

समानुपातिक बन्दसूचीका ७६ जना उम्मेदवार अयोग्य ठहर



काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलहरूले पेस गरेका बन्दसूचीबाट ७६ जना उम्मेदवारलाई अयोग्य ठहर गरेको छ ।

आयोगले कानुनी मापदण्ड पूरा नगरेका, दोहोरो नाम समावेश भएका तथा आर्थिक तथा प्रशासनिक कारणले अयोग्य ठहरिएका उम्मेदवारहरूको नाम सूचीबाट हटाएको हो ।

निर्वाचन आयोगका अनुसार नाम हटाइएकामध्ये सबैभन्दा धेरै २१ जना कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका छन् भने २५ जनाको नाम प्रदेश सभा सदस्यको समानुपातिक बन्दसूचीमा समेत दोहोरिएको पाइएको छ।

यस्तै, आयोगले तोकेको जरिवाना नतिरेका १० जना, २५ वर्ष उमेर पूरा नगरेका ४ जना र मतदाता नामावलीमा नाम समावेश नभएका १ जनालाई पनि अयोग्य ठहर गरिएको छ ।

साथै, पिछडिएको क्षेत्रको कोटाअन्तर्गत नपर्ने २ जना, महिला उम्मेदवार हुनुपर्ने स्थानमा पुरुष उम्मेदवार पेस गरिएको १ जना तथा सम्बन्धित राजनीतिक दलको अनुरोधमा नाम हटाइएका १० जना रहेका छन्। एकभन्दा बढी कारणका आधारमा अयोग्य ठहरिएका उम्मेदवारको संख्या २ रहेको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले कानुनको कडाइका साथ पालना गर्दै बन्दसूचीको अन्तिम रुप दिइने जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०८२, मंगलबार  ८ : १४ बजे