Logo

Breaking News 1

‘सबैले गम्भीर आत्म समीक्षा गर्न नसके इतिहासले कसैलाई क्षमा गर्ने छैन्’


३० कार्तिक २०८२, आइतबार  

23
Shares

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल र नेपाली राष्ट्र, अर्थतन्त्र,लोकतन्त्र र मनोबल इतिहासमै सबभन्दा कमजोर अवस्थामा रहेको बताएका छन् ।

आइतबार सामाजिक सञ्जाल मार्फत उनले घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप–प्रत्यारोप गर्ने वेला अहिले नभएको बताए ।

उनले लेखेका छन्,नेपाल र नेपाली राष्ट्र, राज्य, समाज,अर्थतन्त्र,लोकतन्त्र, संस्कृति, मनोवल यतिवेला सम्भवतः इतिहासमै सबभन्दा कमजोर, अस्थीर र अन्योलको अवस्थामा छ।घरमा आगो लागेको वेला को ठूलो कोठामा सुत्ने, कसले ठूलो भाग खाने भनेर झगडा, आरोप–प्रत्यारोप गर्ने वेला यो हैन । वरू सबै मिलेर आगो निभाउने र नयाँ अझै सुन्दर घर बनाउने संकल्प गर्ने बेला हो। सबैले गम्भीर आत्म–समीक्षा गरौं! नत्र इतिहासले कसैलाई क्षमा गर्नेछैन!’

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ८ : ०४ बजे