काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले भदौ २३ र २४ मा भएको आन्दोलनबारे छानबिन गर्न प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रस्ताव राखेको बताएका छन् ।
नेपाल विद्युत व्यवसायी महासंघको १३ औँ बार्षिक साधारण सभा एवं छैठौँ महाधिवेशनमा बोल्दै उनले २३ र २४ गते भएको आन्दोलनमा गतल तरिकाले घुसपैठ भएर व्यक्तिगत सम्पत्ति, उद्योग प्रतिष्ठानहरु, सरकारी भवनहरुमा धेरै नोक्सानी गराउनेहरुलाई कानुनी दायरामा ल्याउनपर्छ भन्दै छानबिनको माग राखेको बताए ।
उनले भने, ‘भदौ २३ र २४ गतेको आन्दोलनमा उठेका मागहरुमा निजी क्षेत्र र आम पब्लिकको पनि चाहना थियो । सबैको चाहनाले जुन आन्दोलन भएको थियो त्यसमा गतल तरिकाले घुसपैठ भएर व्यक्तिगत सम्पत्ति, उद्योग प्रतिष्ठानहरु, सरकारी भवनहरु धेरै नोक्सानी भयो । जेनजीको माग आम पब्लिकले चाहेको शुसासनको सवाल हो । तर त्यसमा गलत तरिकाले घुषपैठ गराउनेलाई कानुनी दायारामा ल्याउनपर्छ भन्ने कुरा महासंघले गृहमन्त्री र प्रधानमन्त्रीहरुसँग कुरा राखेका छौँ,’ उनले भने ।
त्यस्तै उनले सरकारसँग तार्किक रुपमा सहमति गरेर सहकार्य गरेर अघि बढ्ने हो भने त्यसको परिणाम राम्रो हुने बताए । महासंघका बरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले जेनजी आन्दोलनको दोस्रो दिन भएका सबै घटनाको छानविन हुनुपर्ने धारणा राखे । उनले लगानी सुरक्षाका लागि नीतिगत सुधार र स्पष्ट हुनुपर्ने, खुला सीमानाको समस्या समाधान गर्नुपर्ने लगायतका माग राखे ।










प्रतिक्रिया