काठमाडौं । नेपाली महिला फुटबल टोलीले भारतमाथि जित हासिल गरेको छ । सोमबार भएको खेलमा नेपालले भारतलाई २–१ ले पराजित गरेको हो । नेपालका लागि दुवै गोल कप्तान सावित्रा भण्डारी साम्बाले गरेकी थिइन् । भारतस्थित शिलोङको जवाहरलाल नेहरू रंगशालामा नेपालका लागि दोस्रो मिनेटमा नै साम्बाले गोल गरेकी हुन् ।
यस्तै, खेलको ६३ औँ मिनेटमा साम्बाले अर्को उत्कृष्ट गोल गरेकी थिइन् । खेलको ८१औं मिनेटमा भारतले एक गोल फर्काएको थियो ।त्रिदेशीय प्रतियोगितामा इरान च्याम्पियन भइसकेको छ। इरानले नेपाललाई ३–० र भारतलाई २–० हराएको थियो ।










प्रतिक्रिया