काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दीपावलीको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका छन् ।
शुभ दीपावलीले सबैमा मन, वचन र कर्मप्रतिको पवित्र भावना आत्मसात गर्न सहयोग पु¥याओस् भन्ने कामना गर्दै उपराष्ट्रपति यादवले यो पर्वले नेपालीहरूलाई राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियता सुदृढ बनाउन प्रेरणा मिलोस् भन्ने विश्वास व्यक्त गरेका छन् । उनले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र सहकार्य अझ बलियो बनोस् भन्ने कामना समेत गरेका छन् ।
उपराष्ट्रपति यादवले भनेका छन्, ‘शुभ दीपावलीले हाम्रो मन, वचन र कर्मप्रतिको पवित्र भावना आत्मसात गर्न सहयोग पुगोस्, सम्पूर्ण नेपाली एकताबद्ध भई राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता र राष्ट्रियतालाई मजबुत बनाउनका लागि यसले उत्प्रेरित गर्न सकोस् ।’
साथै उनले तिहार पर्वको उज्यालोले हाम्रा मनका सम्पूर्ण रिस, राग, वैमनस्यता र द्वेषलाई बिर्सिएर मेलमिलाप र खुशीयालीको वातावरण सिर्जना हुने बताएका छन् ।
प्रतिक्रिया