जनकपुर । जनकपुरधाममा हिजो राती प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीहरुबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले जनकपुरधामको सोनारपट्टीस्थित एक सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद उत्पन्न भएको हो ।
सो क्रममा सुनचाँदी व्यवसायी संघ जनकपुर र उद्योग वाणिज्य संघ जनकपुरधाम अध्यक्ष सुरेन्द्र भण्डारीसहितका सदस्यहरुले दिपावलीको मुखमा राती आएर यसरी छापा मार्न नहुने भन्दै प्रतिकार गरेका थिए । सो क्रममा विवाद बढ्दै जाँदा प्रहरीले आश्रु ग्यास समेत चलाएको थियो ।
प्रहरीले व्यवसायीको पसलबाट सुनचाँदी बिना मुचुल्का लग्न खोजेको भन्दै व्यापार संघका अध्यक्षले रोक्न खोज्दा प्रहरी र व्यवसायीहरुबीच विवाद झन अल्झिएको थियो । सो क्रममा अध्यक्ष भण्डारीको टाउको फुटेको छ भने शरीरका अन्य भागहरुमा पनि चोट लागेको छ ।
उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । यता व्यापार संघले राती नै वज्ञप्ति जारी गरी प्रहरीले गरेको क्रियाकलापको घोर भर्तसना गरेको छ भने दोषीमाथि कारवाहीको माग गरेको छ ।
प्रतिक्रिया