Logo

Breaking News 1

पेट्रोलको मूल्य घट्याे, डिजेल र मट्टितेलको मूल्य यथावत


३० आश्विन २०८२, बिहिबार  

92
Shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले गए राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुईले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत राखिएको छ ।

नयाँ कायम मूल्यअनुसार आज रातिबाट काठमाडौं उपत्यका, पोखरा र दीपायलमा पेट्रोल प्रतिलिटर १५९, सुर्खेत र दाङमा १५८ अन्य क्षेत्रमा १५६.५० कायम गरिएको छ ।

‘इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आए पनि चाडपर्वलाई मध्यनगर गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्यवृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति व्यवस्था गर्न खुद्रा बिक्री मूल्यलाई यथावत कायम गरिएको छ’, निगमले भनेको छ । 

प्रकाशित मिति : ३० आश्विन २०८२, बिहिबार  ६ : २९ बजे