Logo

Breaking News 1

जेनजी र राष्ट्रपति पौडेलबीचको बैठक सर्यो



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलका लागि भनेर सरकारले जेनजी प्रतिनिधिहरु छनोटमा विभेद गरेको भन्दै केही जेनजीहरुले असन्तुष्टि जनाएका छन् ।

शनिबार राष्ट्रपति पौडेलसँग छलफलका लागि सरकारले छानेको सूचीमा असन्तुष्ट देखाई जेनजी युवाहरुले शीतलनिवास बाहिर प्रदर्शन गरेका थिए ।

जेनजीसँग आज बैठक बस्ने भनिएपनि विवादपछि बैठक सारिएको छ । स्वास्थ्यमा समस्या आएको भन्दै राष्ट्रपतिले जेनजीसँग बैठक सोमबारलाई सारेका हुन् ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  १ : ४९ बजे