बाजुरा । बाजुरामा विश्व हुलाक दिवसको अवसरमा देउडा सञ्चालन गरिने भएको छ । १५१औँ बिश्व हुलाक दिवसको अवसरमा हुलाक कार्यालय बाजुराको आयोजनामा हुलाक सेवाको महत्व र प्रभावकारिता उजागर गर्न देउडा कार्यक्रम गरिने भएको हो ।
मानिसहरूका लागि पोस्टः स्थानीय सेवा विश्वव्यापी पहुँच”भन्ने मूल नाराका साथ हुलाक कार्यालय बाजुराले देउडा कार्यक्रमको आयोजना गर्ने भएको हो।कार्यालयले एक सूचना जारी गर्दै उक्त प्रतियोगिता हुने जनाएको छ । प्रतियोगिता यहि असोज २२ गते विहान ९ बजेबाट सुरु हुने हुलाक कार्यालय बाजुराका प्रमुख उत्तम बमले बताएका छन् ।
उनका अनुसार हुलाक सेवाको पहुँचलाई अझै प्रभावकारी तथा बलियो बनाउन देउडा मार्फत सन्देश दिने गरि कार्यक्रमको आयोजना गर्न लागिएको बताएका हुन् ।
हुलाक सेवा सहरी क्षेत्रमा मात्रै नभई ग्रामिक क्षेत्रमा पनि उत्तिकै प्रभावकारी रहेकोले यसको पहुँचलाई अझै प्रभावकारी र विश्वासको प्रतीकका रूपमा स्थापित गर्न देउडा मार्फत सवाल–जवाफ गरि समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम गरिने बताईएको छ ।
प्रतियोगितामा कम्तीमा १२ जनाको सदस्यीय हुनुपर्ने छ । देउडामा सवाल–जवाफ र भेषभूषालाई विशेष प्राथामिता दिईने छ । प्रतियोगिताको लागी टिम दर्ता शुल्क असोज २० गतेदेखि असोज २२ गते विहान ८ बजेसम्म रहेको छ । टिम दर्ताको लागी शुल्क नलाग्ने भएको छ भने टिम दर्ताको लागी हुलाक कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
प्रतियोगिता खुलामञ्जमा हुने भएको छ। प्रतियोगितामा प्रथम हुने टिमलाई नगद दश हजार प्रदान गरिने छ । त्यस्तै द्वितिय हुने टिमलाई नगद सात हजार र तृतिय हुने टिमलाई नगद पाँच हजार प्रदान गरिने हुलाक कार्यालय बाजुराले जनाएको छ।
देउडालाई सुदूर ,कर्णालीका क्षेत्रमा महत्त्वका साथ हरिने गरिन्छ । लोकसंस्कृति र लोकसाहित्यको उर्वर क्षेत्र सुदूर र कर्णालीका हरेक गाउँठाउँमा देउडा गुञ्जिने गरेका छन्।देउडा गोलघेरा लगाई हातमा हात जोडेर सवाल–जवाफमा साथ खेलिने खेल हो। वनजंगल,मेलापात कुनै पर्वमा विरही स्वर र भाकामा गाइने देउडा गीत सर्वाधिक लोकप्रिय विधा रुपमा चिनिन्छ।
प्रतिक्रिया