Logo

Breaking News 1

सर्लाहीमा खोलाले बगाएर एक युवकको मृत्यु


२१ आश्विन २०८२, मंगलबार  

23
Shares

सर्लाही । सर्लाहीमा खोलाले बगाएर एक युवकको मृत्यु भएको छ । जिल्लाको मलङ्गवा नगरपालिका – ५, भाडसरमा लखन्देही खोलाले बगाउँदा एक युवकको मृत्यु भएको हो ।

मंगलबार मध्यान्ह नुहाउने क्रममा खोलाले बगाउँदा भाडसरका १८ वर्षीय ओम ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरीका अनुसार ठाकुर तीन साथीसहित खोलामा नुहाउन गएका थिए । ती मध्ये अन्य तीन जना पौडिएर सकुशल बाहिर निस्कन सफल भए पनि ठाकुर बगेर बेपत्ता भएका थिए ।

स्थानीय बासिन्दा र सशस्त्र प्रहरी बलले खोजी गर्ने क्रममा करिब दुई घण्टापछि ठाकुरलाई मृत अवस्थामा फेला पारिएको थियो ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी सरोज राईले जानकारी दिए । उनका अनुसार अन्य तीन युवाको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू घर फर्किसकेका छन्।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ४ : १४ बजे