Logo

Breaking News 1

चीनमा एआई प्रतिभाहरुको खोजी, रोजगार मेलामा घुइँचो


२१ आश्विन २०८२, मंगलबार  

23
Shares

एजेन्सी । चीनमा रोजगारदाताहरू एआई प्रतिभाको खोजीमा लागेका छन् । बेइजिङमा शरद ऋतु सुरु हुनसाथ रोजगार भर्ती मेलाहरू आयोजना गरिन्छ । ति मेलाहरूमा यस बर्ष कम्पनीहरूले एआई क्षेत्रहरूमा धेरै रोजगारीका अवसरहरु सिर्जना गरेका छन् । उनीहरुले इन्टरनेट सम्बन्धित पदहरू आवेदन माग गरेका हुन् ।

एआई इमेजिङ अध्ययन गरेका तन्नेरीहरु मेलामा झुम्मिएका छन् । एआई पृष्ठभूमि भएका नयाँ भर्नाहरू बाहेक, धेरै भन्दा धेरै कम्पनीहरूले मानविकी वा सामाजिक विज्ञानमा स्नातकहरूको पनि खोजी गरेका छन् । किनभने एआई ठूला भाषा मोडेलहरू निर्माण गर्दा, कम्पनीहरूलाई ठूलो मात्रामा डेटा र प्रम्प्टहरू परिभाषित र परिष्कृत गर्न मद्दत चाहिन्छ ।

जुन इन्टर्न वा प्रशिक्षार्थीको रूपमा हालसालै स्नातक गरिएकाहरूका लागि पूर्ण रूपमा उपयुक्त मानिन्छ । चीनको एक अग्रणी करियर विकास प्लेटफर्मको तथ्याङ्कले गत वर्षको तुलनामा यस वर्षको तेस्रो त्रैमासिकमा एआई इन्जिनियरहरूको लागि २५ प्रतिशत बढी जागिर पोस्टिङ भएको देखाएको छ । तथ्याङ्क अनुसार कृत्रिम बुद्धिमत्ता इन्जिनियरहरूको औसत मासिक तलब लगभग तीन हजार अमेरिकी डलर छ।(सीसीटीभीप्लस)

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १२ : ३२ बजे